close

भरतपुरमा दाहालको अग्रता कायमै

भरतपुरमा दाहालको अग्रता कायमै

Trulli
ADVERTISEMENT

काठमाडौं । गठबन्धन तथा नेकपा माओवादीकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायम राखेकी छन् । 

 

एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पार्दै उनले आफ्नो अग्रता कायम राखेकी हुन् । सुवेदीको भन्दा उनको मत आठ हजार १५४ बढी छ । 

 

कुल ९५ हजार ३११ मत गणना हुँदा दाहालले ३७ हजार ४६८ मत ल्याएकी छन् भने सुवेदीले २९ हजार ३१४ मत प्राप्त गरेका छन् । 

 

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३९५ मत प्राप्त गरेका छन् । 

 

उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मदवार चित्रसेन अधिकारीले २९ हजार ६३९ मत प्राप्त गरेकी छन् भने राप्रपाकी उम्मेदवार हिमा गुरुङले २३ हजार २१२ मत प्राप्त गरेकी छन् ।