close

पूरा कार्यकाल मेयर हुन पाऊँ भनी रिट दायर गर्ने पुनः दोहोरिए

पूरा कार्यकाल मेयर हुन पाऊँ भनी रिट दायर गर्ने पुनः दोहोरिए

Trulli
ADVERTISEMENT

काठमाडौं । पूरा कार्यकाल मेयर हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका महोत्तरी भंगह नगरपालिकाका सञ्जीवकुमार साह पुनः मेयर पदमा दोहोरिएका छन् । 

 

साह यसअघि सरकारले स्थानीय तहको मिति सार्वजनिक भएपछि संविधानको धारा २२५ बमोजिम स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुने व्यवस्था भएको भन्दै पूरा कार्यकाल मेयर पदमा रहन पाउनुपर्ने मागसहित सर्वोच्च पुगेका थिए । 

 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी तोस्रो चरणको निर्वाचनबाट सो पदमा निर्वाचित भएका थिए । उनी लोसपाका केन्द्रीय सदस्यसमेत हुन् । 

 

२०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन २०७४ साल असोज २ गते भएको थियो ।