close

नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने हिमा गाउँपालिको पहिलो निर्णय

नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने हिमा गाउँपालिको पहिलो निर्णय

Trulli
ADVERTISEMENT

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले नागिरककाे नि:शुल्क बिमा गर्ने निर्णय गरेकाे छ । पदभार गरेसँगै बसेकाे पालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीकाे नेतृत्वमा बसेकाे बैठकले यस्तो  निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृतबाट शपथग्रहण गरेलगत्तै उनले पदवहाली गरेका थिए । 

 

साथै, नमुनाका लागि भैरव आधारभूत विद्यालयमा अग्रेजी शिक्षा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्री वाइफाइ तथा सिसी क्यामरा जडान, ज्येष्ठ नगारिक, गर्भवती महिला, विपन्न अपांगता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उनले बताए । 

 

यस्तै, सबै सरकारी कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले जानकारी दिए । 

 

हिमा गाउँपालिकामा दुई हजार एक सय ५८ घरधुरी र १३ हजार एक सय ३४ जनसंख्या छ ।