close

स्थानीय तह निर्वाचन : धनुषामा जिल्ला अध्यक्ष नै पराजित

स्थानीय तह निर्वाचन : धनुषामा जिल्ला अध्यक्ष नै पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । मुख्य दलका जिल्ला अध्यक्षहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । 

 

स्थानीय तह निर्वाचन २०७९ धनुषामा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष नै पराजित भएका हुन् ।

 

नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकामा, नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव सबैला नगरपालिकामा, समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषा नगरपालिकामा पराजित भए ।