close

काठमाडौँका वडामा एमाले र काँग्रेस बिच बराबरीको टक्कर

३ दशक पछि ७ मा काँग्रेसको जित

काठमाडौँका वडामा एमाले र काँग्रेस बिच बराबरीको टक्कर

३ दशक पछि ७ मा काँग्रेसको जित

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले लगातार अग्रता कायम गरिरहँदा वडामा भने नेपाली काँग्रेस र नेकपा एमाले बिच रोचक भिडन्त देखिएको छ ।

 

एमाले विभाजनको असर काठमाडौँ महानगरपालिकाको वडा तहसम्मै देखिन थालेको छ । यसको पछिल्लो उदाहरण बनेको छ, वडा नम्बर ७ ।

 

चाबहिल, सिफल, गौरिघाट लगायत विशाल भूगोलमा फैलिएको वडा नं. ७ मा पछिल्लो तीन दशकदेखि काँग्रेसले अध्यक्ष जित्न सकेको थिएन । तर, एमालेको विभाजन तथा गठबन्धनमा रहेको नेकपा समाजवादीले एक्लै चुनाव लड्ने नीति लिएपछि त्यसको फाइदा काँग्रेसलाई पुगेको छ ।

 

काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार काँग्रेस महामन्त्री गगन थापाको क्षेत्र समेत रहेको वडा नं. ७ मा अध्यक्ष विमल होडासहित सम्पूर्ण प्यानल नै काँग्रेसले जितेको छ ।

 

सो वडामा एमालेका कृष्णमणि भट्टराईले २ हजार ८१६ मत ल्याउँदा अध्यक्षमा विजयी होडाले मात्र ५१ बढी मत ल्याएर जित हासिल गरेका हुन् । नेकपा एकीकृत समाजवादीका शुद्धकुमार डंगोलले ९ सय २४ मत पाए । डंगोल सो वडाका निवर्तमान अध्यक्ष समेत हुन् ।

 

त्यस वडाबाट समेत मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले झन्डै ३ हजार २ सय मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंहले भने बालेनले भन्दा आधा मत पाएका छन् ।

 

हालसम्म काठमाडौँ महानगरपालिकाका ३२ मध्ये १४ वडाको मत परिणाम आइ सकेको छ । जसमा १, २, ३, ४, ५, ३१ र ३२ नम्बरमा गरी ७ वटा वडामा एमालेले अध्यक्ष जितेको छ । यस्तै काँग्रेसले ७ वटै वडा जित्ने क्रममा ६, ७, ८, २७, २८, २९ र ३० नम्बरमा सफलता पाएको छ ।