close

स्थानीय तह निर्वाचनमा उम्मेदवार जिताउन नसकेको भन्दै एमाले जिल्ला अध्यक्षले दिए राजीनामा

स्थानीय तह निर्वाचनमा उम्मेदवार जिताउन नसकेको भन्दै एमाले जिल्ला अध्यक्षले दिए राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । मकवानपुर नेकपा एमालेका नेता बद्रीप्रसाद लम्सालले आफू पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । 

 

 स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारको पराजयको जिम्मा लिँदै आफू नैतिकतका आधारमा अफू पदमा बस्न नमिल्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत उनले सो घोषणा गरेका हुन् ।

 

  जिल्ला नेतृत्वमा लामो समयदेखि रहेको र निवर्तमान अध्यक्ष भएको, साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउन नसकेकाले मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

लम्साल मकवानपुरका जिल्ला कार्यबहाक अध्यक्ष पनि हुन् ।