close

कृष्णपुरको मेयरमा कांग्रेसका ओझा विजयी 

कृष्णपुरको मेयरमा कांग्रेसका ओझा विजयी 

Trulli
ADVERTISEMENT

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन् । 


ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गर्दा  निकतटम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले ६ हजार ४७४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित हुँदा  निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरेका छन् ।

 

यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित भएका थिए ।