close

पोखरा महानगरपालिकामा धनराज आचार्य साढे ३ हजार मतले अगाडि

पोखरा महानगरपालिकामा धनराज आचार्य साढे ३ हजार मतले अगाडि

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेको एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनी तीन हजार ४३९ मतान्तरले अगाडि छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार आचार्यले ३२ हजार ४८० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वान्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत ल्याएका छन् । 

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ३३ हजार २२१ मत ल्याउँदा उनकी निकटतम प्रतिद्धन्दी कांग्रेसकी कोपिला रानाभाटले ३२ हजार ९५९ मत ल्याएकी छन् ।