close

एसपीपी सम्झौता गर्ने केपी ओलीको सपना हामीले पूरा गर्न दिएनौं :  माधव नेपाल

एसपीपी सम्झौता गर्ने केपी ओलीको सपना हामीले पूरा गर्न दिएनौं :  माधव नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादी पार्टीको प्रथम केन्द्रीय परिषद बैठक जारी छ । 

यसअघि, सचिवालय समिति, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेको पार्टीको बैठक कमलादीस्थित प्रज्ञा भवनमा जारी रहेको हो ।  

परिषद्को बैठकमा बोल्दै अध्यक्ष माधव नेपालले नेपालको राजनीतिक परिवर्तन भए पनि त्यसअनुरुप आर्थिक–सामाजिक–सांस्कृतिक परिवर्तन हुन नसकेको बताएका छन् ।  साथै एसपीपी पास गराउन केपी ओलीले भूमिका खेलेको आरोप लगाएका छन् । 

एमसीसीमाथि टेकेर एसपीपी पास गराउने खेल भएको बताउँदै केपी ओली सरकारमा भएको बेला परराष्ट्र नीतिविपरीत सेनाले चिठी लेखेको आरोप लगाएका हुन् । 

नेपाली सेनाले परराष्ट्र नीतिअन्तर एसपीपी अमेरिकालाई चिठी लेख्न नपाउने भए पनि चिठी लेख्ने काम भएको उनले बताएका हुन् । उनले एमसीसी एमसीसी १२ बुँदे व्याख्यात्मक घोषणासहित स्वीकृत गरेको भए पनि सजग रहनुपर्ने बताएका छन् । 

नेपालले सबै देशसँग समधुर सम्बन्ध राख्न चाहने देश भए पनि असंग्लन परराष्ट्र नीतिविपरीत केपी ओलीले एसपीपी पास गराउन भूमिका खेलेको भए पनि गठबन्धनको सरकारले पास नगर्ने निर्णय गरिसकेको बताएका हुन् ।

साथै उनले बैठकमा ३४ पृष्ट लामो १२ बुँदे पुतिवेदन पेश गरेका छन् ।  प्रतिवेदनमा अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ । परिषद बैठकमा छलफल भएपछि परिवमार्जनसहित उक्त प्रतिवेदन पारित हुने बताइएको छ ।