close

एमालेमा माओवादीले रोपेको बीउ फुल्छ, फल्छ : प्रचण्ड

एमालेमा माओवादीले रोपेको बीउ फुल्छ, फल्छ : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र बामपन्थी एकताको बीउ रोपिएको तथा केही समयपछि त्यो फुल्ने फल्ने दाबी गरेका छन्।

‘एमालेमा बीउ रोपिएको छ। हामी माओवादीले बीउ रोपेर आएका छौँ,  हेर्नुहोला, केही समयमा त्यो फुल्छ र फल्छ,’ बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने।

‘माओवादी माओवादी मात्रै मिलेर बलियो भइन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । हामीले सबै सच्चा कम्युनिस्टहरूलाई एकीकृत गर्नु छ,  त्यस्ता कम्युनिस्ट माओवादीभन्दा बाहिर पनि छन् ।’

माओवादी भन्दा बाहिर रहेका सबै कम्युनिस्ट अवसरवादी नभएको उनले बताए । ‘बाहिर रहेका सबै अवसरवादी छन् भन्ने भ्रम पनि राख्न हुँदैन,’ उनले भने, ‘माओवादीभन्दा बाहिर पनि राष्ट्रिय स्वाधीनता बलियो बनाउनु पर्छ भन्ने पनि छन् ।’

एमालेभित्र ओली प्रवृत्ति व्याप्त रहेको कारण समस्या भएको समेत उनले बताए । ‘एमालेमा केपी ओली प्रवृत्ति नेतृत्वमा रहँदा देश ठुलो प्रतिगमनतिर जाने खतरा पैदा भयो,’ उनले भने, ‘त्यो प्रवृत्ति नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मलाई लाग्छ ।’