close

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

शुक्रबार निर्वाचन आयोगमा रवि लामिछानेको नयाँ पार्टी दर्ता भएको हो । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सो पार्टीले 'गोलाकारभित्र घण्टी'को  चुनाव चिन्ह पाएको छ । 

त्यसैगरी, निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १८७ पुगेको छ ।