close

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

Trulli
ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समिति बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था तथा सङ्गठन सुदृढीकरणको विषयमा छलफल हुने छ ।

साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।