close

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी विभाजन

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी विभाजन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्की समूहले अलग्गै समानान्तर समिति घोषणा गरेका छन् । मिनभवनस्थित नेपाल कमर्श क्याम्पसवाट नयाँ कमिटि घोषणा भएको कार्की समुहका उपदेश यादवले बताए ।

असन्तुष्ट समूहका यादवका अनुसार संगठनलाई विधान  बमोजिम अघि बढाउनका लागि १९९ सदस्यीय आयोजक समिति निर्माण गरिएको छ । 

सो आयोजक समितिले सङ्गठनलाई  विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्ने बताइएको छ ।