close

मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्णय कुर्दै, केन्द्रले गठनबन्धनबाट निर्णय गर्ने

मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्णय कुर्दै, केन्द्रले गठनबन्धनबाट निर्णय गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले तत्काल राजीनामा नदिने निष्कर्ष निकालेको छ ।

संसदीय दलको बैठकपछि पाँच दलीय गठबन्धनले केन्द्रबाट जे निर्णय गर्छ त्यसलाई मान्ने निर्णय गरिएको एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं सांसद मुनु सिग्देलले बताइन् । 

यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्तारुढ गठनबन्धनको निर्णय नहुन्जेल मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् । काठमाडौंमा भएको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिवेला एकीकृत समाजवादी र कांग्रेसबीच ६–६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले भने पूर्वलिखित सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् ।