close

एमाले अध्यक्ष ओलीले मागे कृषिमन्त्रीको राजीनामा

एमाले अध्यक्ष ओलीले मागे कृषिमन्त्रीको राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि मन्त्रीले मलको व्यवस्थासमेत गर्न नसकेको भन्दै राजीनामा मागेका छन् । ्

अखिल नेपाल किसान महासंघको कार्यक्रममा बमेल्दै उनले  सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध नगरेको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवको राजीनामा मागेका छन् । 

धान रोप्ने समयमा किसानलाई मल दिन नसक्ने मन्त्रीको अर्थ नहुने भन्दै उनले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले भने, ‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ के हेरेर बसेको ?’

सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने स्पष्ट पारे । उनले ३ करोडभन्दा कम भएको देशमा किन चामल मात्रै ४९ अर्बका आयात गर्छौं भन्दै प्रश्नसमेत गरे ।