काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले तत्काल हतियार नकिन्ने बताएका छन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सरकारले देश आर्थिक संकटतर्फ हुन्मुख भइरहेका बेला सरकार हतियार किन्न लागिपरेको छ भन्ने कुरा के हो जिज्ञासा र देउवाको आलोचना गरेपछि उनले यस्तो बताएका हुन् ।
'हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,'
पार्टी कार्यालय सानेपा देउवाअघि बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले उक्त जवाफ दिएको एक नेताले जानकारी दिए ।
यस्तै, सरकार हतियार खरिद गर्ने तयारीमा हो भनी संसद्मा पनि कुरा उठेको थियो ।