close

व्यक्तिगत कारण देखाउँदै जसपाकी रेणुकुमारी यादव पार्टीबाट अलग्गिन्

व्यक्तिगत कारण देखाउँदै जसपाकी रेणुकुमारी यादव पार्टीबाट अलग्गिन्

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य रेणुकुमारी यादव व्यक्तिगत कारण देखाउँदै पार्टीबाट अलग भएकी छन् । 

पूर्वमन्त्रीसमेत रहेकी यादवले बिहीबार जसपासँगको सम्पूर्ण पदीय जिम्मेवारी त्याग गरी पार्टीबाट आफू अलग भएको घोषणा गरेकी हुन् ।  

'वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,' अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ, 'तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।'