close

झापाबाटै चुनाव लड्छु : विश्वप्रकाश

झापाबाटै चुनाव लड्छु : विश्वप्रकाश

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसदीय निर्वाचनमा आफू झापाबाटै लड्ने बताएका छन्। काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।

उनले ट्वीट गरेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

विसं २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर-१ बाट चुनाव लडेका उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भएका थिए।