close

एकीकृत समाजवादीले तोक्यो उम्मेदवार हुनका लागि आवश्यक मापदण्ड

एकीकृत समाजवादीले तोक्यो उम्मेदवार हुनका लागि आवश्यक मापदण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभा र राष्ट्रिय सभामा उम्मेदवार हुन मापदण्ड तोकेको छ । 

बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले बताए । 

मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ ।

यस्ता छन् मापदण्ड:
१.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४.आर्थिक र नैतिक आचरण राम्रो भएको,
५.जनतामा स्थापित र लोकप्रीय रहेको, 
६.स्वच्छ छवि र सुशासनको पक्षपाती,
७.कार्यक्षमता र सक्रियता राम्रो भएको