close

कमजोरहरुले गठबन्ध गर्ने हो, एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

कमजोरहरुले गठबन्ध गर्ने हो, एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठतर्फ लागेको बताएका छन् ।

गृहजिल्ला झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजेको आरोप लगाएका छन् । 

ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।

‘कमजोरहरु गठबन्धन गर्दैछन् । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन् । अपवित्र साँठगाँठको नाम हो, गठबन्धन । अहिले ८–१० वटा पुर्‍याउने भन्दैछन्,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने,‘अरु पनि मान्छे खोजे हुन्छ । त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन । उनीहरुको गठबन्धनका पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन् ।’