close

राष्ट्रपतिले १५ बुँदे सुझावसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधसभाबाट पारित

राष्ट्रपतिले १५ बुँदे सुझावसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधसभाबाट पारित

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ ।

यसअघि  राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सुझावसहित फिर्ता पठाएको सो विधेयक बिहीबार बसेको प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको हो । 

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ ।

त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।