close

एकीकृत समाजवादीलाई अवमूल्यन नगर्न नेपालको चेतावनी

एकीकृत समाजवादीलाई अवमूल्यन नगर्न नेपालको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई अवमूल्यन गर्न खोजे मुखदर्शक भएर नबस्ने बताएका छन् । 

बिहीबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको दाबी गर्दै उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५/२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’

अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क आएको उनले बताए ।