close

देउवा र प्रचण्डले ओलीमाथि लगाए यस्तो आरोप

देउवा र प्रचण्डले ओलीमाथि लगाए यस्तो आरोप

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले चुच्चे नक्सामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मसमर्पण गरेको आरोप लगाएका छन् । 

बुधबार दार्चुला पुगेका द्वयले  एउटै मञ्चबाट ओलीमाथि यस्तो आरोप लगाएका हुन् । 

सो क्रममा प्रधानमन्त्री देउवाले चुच्चेनक्सा ल्याउनमा ओलीको भन्दा पनि प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भूमिका  बताए ।

‘ओलीजीले दार्चुला आएर के–के गर्छु भनेर धेरै किसिमका अफवाह र प्रलोभन दिएर जानुभएको रहेछ । कालोपानी, लिपुलेक र लिम्पिया धुरा नेपालको भूमी हो,’ सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुच्चे नक्सा आफूले ल्याएको भनेर झुठा कुरा गर्दैहुनुहुन्छ । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीले ल्याएको हो । हामी सबैले संसदबाट बहुमतले पारित गरेको सबैलाई थाहा छ ।’

त्यसैगरी, प्रचण्डले मतदातालांई भ्रममा नपर्न अनुरोध गर्दै चुच्चे नक्सा फिर्ता ल्याउनुपर्छ भनेपछि ओलीले बाध्य भएर चुच्चे नक्सा ल्याएको बताए  । 

‘ओलीले होइन म समेत अत्यधिक बहुमतले चुच्चे नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो, भ्रममा नपर्नुहोला म पनि त्यही पार्टीको अध्यक्ष थिए,’ प्रचण्डले भने, ‘केही समयपछि चुच्चे नक्साको विषयमा ओलीले आत्मसमर्पण गरेका छन् ।’