close

राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियो

राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियो

Trulli
ADVERTISEMENT

काठमाडौँ - राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ ।