close

छानबिन गर्दा दोषी देखिए प्रचण्डलाई पनि नछाड्न भनेको छु : प्रधानमन्त्री

छानबिन गर्दा दोषी देखिए प्रचण्डलाई पनि नछाड्न भनेको छु : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा प्रचण्डसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी)लाई निर्देशन दिएको दाबी गरेका छन् । 

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र प्रचण्डलाई समेत नछाड्न भनेको बताए । 

‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई मात्र कारबाही गर्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई अनुसन्धान हुँदै जाँदा प्रचण्डको संलग्नता देखियो भने उसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।