close

एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु, पार्थिव शरिर अहिले पार्टी कार्यालय च्यासलमा

अन्तिम श्रद्धान्जलीका लागि च्यासलमा एमालेसहित विभिन्न दलका शीर्ष नेतासहित अन्य दलका नेता, कार्यकर्ता तथा सुभेच्छुक पुग्ने बताइएको छ ।

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा एमालेका उपाध्क्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ । “उहाँमा हिजो सामान्य ज्वरो आएको थियो,” स्रोतले भन्यो, “भाइरल हो कि भन्ने आशंका गरियो । राति एक्कासी हृदयघात भएको रहेछ ।”

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार १ बजेर १० देखि २० मिनेटको बीचमा हृदयघात भएको अनुमान छ । बालुवाटारमा बस्ने नेम्वाङलाई तत्कालै अस्पताल लगिएको थियो ।  “हामीले करिब १ बजेर ४० मिनेट जाँदा अस्पताल पुर्‍याइसकेका थियौँ,” स्रोतले भन्यो, “करिब एक घण्टापछि अस्पतालले मृत घोषणा गरेको थियो ।”

राति बाथरुम जाने क्रममा ढलेको हुन सक्ने अनुमान गरिएको छ । नेम्वाङको निधनपछि बिहानीपख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा
नेम्वाङको पार्थिव शरीर अहिले विहान ९ बजे पार्टी कार्यालय च्यासलमा लगिएको छ । यसअघि बिहान ७ बजे नै नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिने बताइएको थियो । 

अन्तिम श्रद्धान्जलीका लागि च्यासलमा एमालेसहित विभिन्न दलका शीर्ष नेतासहित अन्य दलका नेता, कार्यकर्ता तथा सुभेच्छुक पुग्ने बताइएको छ ।  

गएराति उपचारका क्रममा उनको निधन भएको हो ।  नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ ।