close

इलामद्वारा नेम्वाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त

इलामद्वारा नेम्वाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त

Trulli
ADVERTISEMENT

इलाम– इलाम नगरपालिकाले नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति श्रद्धाञ्जलि प्रकट गरेको छ ।

नगरपालिकाका प्रमुख केदार थापाले नेम्वाङको मृत्युले अपूरणीय क्षति भएको र उहाँको अभाव राष्ट्रले महशुस गर्ने बताए । नगरप्रमुख थापाले भने,  ‘अहिले म काठमाडौं छु । बिहान तीन बजे उहाँको निधन भएको खबर पाएँ । नगरपालिकाको तर्फबाट संस्थागत हिसाबले श्रद्धाञ्जलि व्यक्त गरेका छौँ ।’ नगर कार्यपालिकाबाट शोक प्रस्ताव गर्ने उनले पालिकाखबरलाई जानकारी दिए । 

नगरप्रमुख थापाले भने, ‘सुवास चन्द्र नेम्वाङ राष्ट्रिय व्यक्तित्व हुन् । उहाँले मुलुकको निमित्त दुई पटक संविधान सभाको प्रमुख बन्नु भयो । संविधान सभाको अध्यक्ष बनेर जुन काम गर्नुभएको छ । २०७२ सालमा जारी नेपालको संविधानलाई निर्माण गर्नमा उहाँको महत्त्वपूर्ण योगदान छ । देशलाई राजनीतिक हिसाबले नेतृत्व प्रदान कुरामा कुशलतापूर्वक राजनीतिक जीवन सफल भएको छ ।’

नेम्वाङ इलाम नगरपालिका–७ सुन्तलाबारीका स्थानीय हुन् । उनी इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हुन् ।