close

आज नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयबाट घरमा लगिने

आज नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयबाट घरमा लगिने

Trulli
ADVERTISEMENT

काठमाठौं- नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिनेछ । 

मंगलबार हिजो दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरिरलाई आज घरमा लगिने पारिवारिक स्रोतले जनाएको छ । 

बुधवार १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र १ बजेपछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । 

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरेपछि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।