close

पूर्वप्रधानमन्त्री खनालको हल्का अभिव्यक्ति- 'संघीयता खारेज हुनसक्छ'

पूर्वप्रधानमन्त्री खनालको हल्का अभिव्यक्ति- 'संघीयता खारेज हुनसक्छ'

Trulli
ADVERTISEMENT

काठमाडौँ - नेकपा (एकिकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकबाट संघीयता खारेज हुन सक्ने आंशका व्यक्त गरेका छन् । बुधबार धनुषाको जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

मुलुकमा संघीयता प्रयोगको क्रममा रहेकाले यसको भविष्यवाणी कसैले गर्न नसक्ने उनको भनाइ छ । संघीयता देश र जनताको लागि फलदायी नभएमा स्वत: खारेज हुन सक्ने उनको ठम्याई छ । 

उनका अनुसार नेपालको संविधान २०७२ ले संघीयताको लागि बाटो खुला गरेको र सोही अनुरुप कार्यान्वयनको चरणमा छ । राज्य संरचना समयानुसार परिवर्तन हुँदै आएकोले संघीयताबारे पनि सोच्न जरुरी रहेको उनले बताए ।

संघीयताले देश विकास गर्न सहयोग गरेमा पछिसम्म पनि कार्यान्वयनमा आउने उनले जानकारी दिए । संघीयताले राम्रो काम नगरेमा मुलुक र जनताको लागि बोझ हुने र खारेज हुने सक्ने उनले बताए ।