close

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

Trulli
ADVERTISEMENT

मकवानपुर - बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।