close

कोप–२८ मा सहभागी हुन दुबई जाँदै प्रधानमन्त्री

कोप–२८ मा सहभागी हुन दुबई जाँदै प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- कोप-२८ को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड आज दुबई प्रस्थान गर्नेछन् ।

१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको परारष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले शुक्रबार अर्थात डिसेम्बर २ मा सो सत्रलाई सम्बोधन गर्ने जनाइएको छ । 

प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण, नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।