close

राष्ट्रियसभा निर्वाचन माघ ११ गते

राष्ट्रियसभा निर्वाचन माघ ११ गते

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले राष्ट्रिय सभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

सङ्घीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाई अर्थात् २० सांसद आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् ।