close

रास्वपाका सबै सांसद अब पार्टीको केन्द्रीय सदस्य

रास्वपाका सबै सांसद अब पार्टीको केन्द्रीय सदस्य

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । 

महोत्तरीको जलेश्वरमा आज बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । रास्वपा को केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । 

पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सबै सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिए । 

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।