close

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुदूरपश्चिमको बैतडीबाट आज सुरु गरेको छ । 

तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको एमालेका अध्यक्ष केपी ओलीले आज बिहान साढे आठ बजे झण्डोत्तोलन गरेर सुरु गरे । 

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्रा पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।