close

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् साँझ ६ बजे काठमाडौं अवतरण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधबार संयुक्त अरब इमिरेट् दुबई गएका प्रधानमन्त्री प्रचण्ड आज साँझ साढे ६ बजे स्वदेश फर्किन लागेको उनको निजी सचिवालयले जनाएको छ।

सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी भएका थिए । जलवायु परिवर्तनको संकट सम्बोधन गर्न विकसित मुलुकहरूले कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।