close

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट 'डिस्चार्ज'

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट 'डिस्चार्ज'

Trulli
ADVERTISEMENT

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट 'डिस्चार्ज' भएका छन् । 

महाराजगञ्जको बाँसबारीमा रहेको शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्य लाभपछि आज आइतवार 'डिस्चार्ज' भएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना भएका उनको मुटुको 'एन्जियोप्लास्ट' गरिएको थियो ।