close

संसदका महासचिव गौतम र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको राजीनामा

संसदका महासचिव गौतम र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले जनाएको छ । 

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । 

उनले मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् । गजुरेल २०७९ माघ ९ गते  प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका थिए ।