close

रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने प्रयास जारी : प्रधानमन्त्री

रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने प्रयास जारी : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा दुई सयभन्दा धेरै नेपालीहरु भर्ना भएको विषय चिन्ताजनक भएको बताएका छन् । रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ ।

काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।’

उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताए । प्रधानमन्त्री प्रचण्डले अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेका र तिनको उचित व्यवस्थापन गर्नसके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उल्लेख गरे । 

आज दीक्षित हुने सम्पूर्ण विद्यार्थीलाई पनि उहाँले ज्ञान र सीपलाई देश र मानव हितमा लगाउन आग्रह गरे ।