close

स्थानीय सरकार बनेपछि विकास निर्माणको कामले तीव्रता पायो : प्रचण्ड

स्थानीय सरकार बनेपछि विकास निर्माणको कामले तीव्रता पायो : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता भनेको संघ मात्र नभई प्रदेश र स्थानीय तह पनि भएको बताएका छन् । उनले स्थानीय सरकार बनेपछि र संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि विकास निर्माणका कामले तीव्रता पाएको बताए । 

ललितपुर महानगरको स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधिले ऐतिहासिक महत्त्वलाई आत्मसाथ गर्न र परिवर्तनको दीर्घकालीन औचित्यका बारेमा बोल्नुपर्नेसमेत बताएका छन् । 

स्थानीय तहका जनप्रतिनिधिले परिवर्तनको दीर्घकालीन औचित्यका बारेमा नबोलेको आरोप लगाउँदै नेपाल डुब्यो, नेपालमा बसेर काम छैन भनेर प्रचार गर्ने ‘फेसन’ बनेको टिप्पणी गरे । 

स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताएका हुन् । उनले भने, "संघीयता आएपछि अहिले ७५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर संघीयताको वाहकहरुले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याँई गर्नहुन्न । ऐतिहासिक परिवर्तन बारे जनतालाई भनेनौं भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौं ?’