close

स्मार्ट लकडाउनको समीक्षा गर्दै उपत्यकाका सीडीओहरू

स्मार्ट लकडाउनको समीक्षा गर्दै उपत्यकाका सीडीओहरू

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।


कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्न लागिएको काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । 

यसअघि माघ ६ गते बसेको तीनवटै प्रजिअको बैठकले लागू गरेको आदेशहरुको समीक्षा हुने उनले बताए ।  ‘बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तरता दिने कुन खोल्ने भन्ने विषयमा छलफल गर्छौं,’ उनले भने । हाल जारी सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली प्रभावकारी नभएको र यसले सवारी साधनमा झन् भीडभाड बढेको र यसले जोखिमसमेत बढेको यातायात व्यवसायीको गुनासो छ ।