close

सिन्धुपाल्चोकमा दिइँदै ई–पासपोर्ट 

सिन्धुपाल्चोकमा दिइँदै ई–पासपोर्ट 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक–सिन्धुपाल्चोक जिल्ला प्रशासनले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई–पासपोर्ट हस्तान्तरण गर्दै सो सेवा थालिएको जानकारी दिए ।

 

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार गत पुस ९ गतेबाट सो सेवाका लागि आवेदन सङ्कलन गरिएको थियो । २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई–पासपोर्ट वितरणको क्रममा रहेको छ । आवेदन दिएको १५ दिनभित्र ई–पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।