close

मिक्लाजुङ्गका नागरिक प्रशासनिक सेवाको पहुँचमा 

मिक्लाजुङ्गका नागरिक प्रशासनिक सेवाको पहुँचमा 

Trulli
ADVERTISEMENT

मोरङ–स्थानीय तहले सेवाग्राहीलाई उपलब्ध गराउने सेवा–सुविधाबाटै सुशासनको अंक मापन हुने गर्छ । नागरिकका सेवा–सुविधालाई सहज ढंगले प्रवाह गर्न पालिका कार्यालयमा राखिने नागरिक बडापत्र, सूचना अधिकारीको व्यवस्थाले प्रशासनिक काममा सबैको पहुँच पुग्न सक्छ । मोरङको मिक्लाजुङ्ग गाउँपालिका साढे चार वर्षमा नागरिकलाई प्रशासनिक सेवाको पहुँचमा पु¥याएर सुशासनमा उदाहरणीय बनिरहेको छ ।  

 

सरकारी कार्यालयमा काम विशेषले पुग्ने नागरिकले आप्mनो काम छिटोछरितो हुने अपेक्षा राख्छन् । कार्यालय प्रवेश गर्नेबित्तिकै काम गर्ने कर्मचारी, नागरिक बडापत्र, सूचना मागका लागि सूचना अधिकारीको व्यवस्थाजस्ता विषयले पनि पालिकामा सुशासनको चित्रण हुने गर्दछ । मिक्लाजुङ्ग गाउँपालिकाले नागरिकको प्रशासनिक कामलाई सहज ढंगले सम्पन्न गर्न पहिलो वर्षमै ९ वटै वडा कार्यालय भवन बनाउन थाल्यो  । 

 

नागरिकलाई घरआँगनबाटै सेवा दिन वडागत रूपमा हुने काम, सिफारिस, आवश्यक रकमलगायत विषय उल्लेख गरिएको नागरिक बडापत्र मिक्लाजुङ्गको कार्यालयमा देख्न सकिन्छ । पालिकाले मुस्कानसहितको सेवा प्रवाह नीति अवलम्बन गरेको छ । संघीयताको मर्मअनुसार सम्भव भएसम्म घरदैलो र टोल–टोलमै सरकारी सेवा पुर्‍याउने काम भइरहेको छ । वडामा दक्ष र पर्याप्त कर्मचारीको व्यवस्थापन हुँदा सुशासन कायम भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई बताउँछिन् ।

 

पालिकाले तयार पारेको भौतिक पूर्वाधार र संरचना अपांगतामैत्री बनाइएको छ । सबैलाई सहज ढंगले सरकारी सेवा प्रवाह गर्नु पालिकाकोे उद्देश्य सफलतामा परिणत भएको छ । विकट पहाडी क्षेत्र रहेकाले  पालिका कार्यालय आइपुग्न कठिन हुने नागरिकका लागि नागरिकता शिविर, स्वास्थ्य शिविर, खोप अभियान वडा स्तरमै गएर सञ्चालन भइरहेको छ । यसले पनि सेवाग्राही लाभान्वित भइरहेका छन् । जनप्रतिनिधि आफूलाई प्राप्त अधिकारभित्र रहेरै नागरिकको सेवामा निरन्तर जुटिरहेको वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान लिम्बू सुनाउँछन् ।

 

पालिकाबासीलाई सहज ढंगले प्रशासनिक सेवा उपलब्ध गराउन वडा तहमा प्राविधिकको व्यवस्था, निःशुल्क परामर्श सेवा दिने क्रम जारी छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा वितरण गर्दा नागरिकले सुशासनको महसुस गरिरहेका छन् । यसबाट जनप्रतिनिधिलाई सन्तुष्टि मिलेको वडा नम्बर २ का वडाध्यक्ष गौरीप्रसाद राईको भनाइ छ ।

 

मिक्लाजुङ्गले सेवा सुशासनका लागि कर्मचारीलाई नियमित कार्यालयमा उपस्थिति र क्षमता वृद्धिको तालिम पनि दिने गरेको छ । पालिकाको सुशासनमैत्री सेवा–सुविधाले मिक्लाजुङ्गबासी दंग छन् । मिक्लाजुङ्गको यो प्रयासले सरकारले लिएको सार्वजनिक सेवाको सुदृढीकरणसम्बन्धी दीर्घकालीन राष्ट्रिय रणनीति पूरा हुने लयमा छ ।