close

सेवा सुशासनमा नमुना बन्दै कानेपोखरी 

सेवा सुशासनमा नमुना बन्दै कानेपोखरी 

Trulli
ADVERTISEMENT

मोरङ– नागरिकलाई घरदैलोमै सरकारी सेवा–सुविधाको सहज पहुँच पुर्‍याउन स्थानीय तहले प्रयास गरिरहेका छन् । सामान्य सरकारी कामका लागि घन्टौँको पैदल दूरी हिँडेर जिल्ला मुकाम जानुपर्ने अवस्था अहिले हटेको छ । मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधि नागरिकको प्रशासनिक कामलाई सहज ढंगले सम्पन्न गरेर उदाहरणीय बनेका छन् । 


नजिकको सकारको भएकाले नागरिक नागरिक समस्या हल गर्ने जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको काँधमा छ । जनशक्ति अभाव हुँदाहुँदै पनि स्थानीय तहले नागरिकले पाउने प्रशासनिक सेवा–सुविधाको पहुँच बढाउन सक्दो प्रयास गरिरहेका छन् । नागरिकको प्रशासनिक पहुँचलाई सहज बनाउन सहयोग पुर्‍याएर कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले सुशासनको प्रत्याभूति गराएका छन् । 

 

कानेपोखरी गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सम्पूर्ण सेवा–सुविधाबारे नागरिक बडापत्रमार्फत जानकारी दिने गरेको छ । पालिकाभित्र रहेका विभिन्न शाखालाई छुट्याएर सेवाग्राहीको सहजताका लागि विषयगत समिति, विभिन्न शाखा र कर्मचारी व्यवस्थापन गरिएको छ । सेवा प्रवाहलाई सहज बनाउन गाउँपालिका कार्यालय तथा वडाहरूमा डिजिटल सूचना बोर्ड राखिएको वडा नम्बर १ का वडा सदस्य काजीमान सिंह भण्डारी बताउँछन् ।

 

गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमलाई थप प्रभावकारी र पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, नागरिक अनुगमन, प्रगति समीक्षा समन्वय बैठकमार्फत सुशासनमा जोड दिइरहेको छ । यसबाट प्रशासनिक काम गर्न कर्मचारीलाई सहज भएको छ भने नागरिकले पनि सहज रूपमा सेवा लिन पाइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले जानकारी दिए ।
योजना अनुगमनका लागि उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरी काम–कारबाहीबारे जानकारी लिने र कमसल काम भए सजग गराउने गरिएको छ । सार्वजनिक खर्चमा मितव्ययीता अपनाउँदै अनावश्यक तहमा कर्मचारी भर्ना नगर्ने नीति अवलम्बन गरिएको छ । सवारी सुविधा मापदण्ड बनाएर लागू गरिएको वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राईको भनाइ छ ।

 

गाउँ कार्यपालिकाले गरेका निर्णय सार्वजनिक गर्ने र कार्यान्वयनमा लैजाने नीति अवलम्बन गरिएको छ । गाउँपालिभित्रका व्यापारिक स्थानमा चोरी–डकैती रोक्न सिसिटिभी क्यामेरा जडान गरिएको छ । सडक छेउमा खाद्यान्न बाली लगाउने, गाईवस्तु बाँध्ने, पराल राख्नेलगायत सार्वजनिक जग्गा मिच्नेलाई कानुनी कारबाही गरिँँदा सुशासन कायम भएको महसुस नागरिकले गरेका वडा नम्बर ७ का सेवाग्राही खिलप्रसाद सुवेदीको बुझाइ छ ।

 

नागरिकलाई सुशासनको प्रत्याभूत गराउने गरी प्रत्येक वडा कार्यालयमा सुझावपेटीका राख्ने काम गरिएको छ । कर्मचारीलाई विद्युुतीय हाजिरीको व्यवस्था गरिएको छ । वडा तहबाट दिइने सेवालाई प्रभावकारी बनाउन समुदायसँगको अन्तरक्रिया र छलफललाई निरन्तरता दिने गरिएको छ ।