close

गुल्मीदरबार पालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

गुल्मीदरबार पालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

Trulli
ADVERTISEMENT

रुपन्देही । गुल्मीको  गुल्मीदरबार गाउँपालिकाले गर्भवती महिलालाई प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले प्रसूति सेवा निःशुल्क गर्ने निर्णय गरेको हो । गाउँपालिकाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिन रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष सरोज थापाले बताए ।

तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्लाबाहिर पनि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने थापाले बताए । निःशुल्क सेवा लिन गुल्मीदरबार गाउँपालिकाभित्रको नागरिक हुनुपर्ने सर्त छ । 

पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिइने अध्यक्ष थापाले बताए ।

पालिकाले गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर एम्बुलेन्स निःशुल्क गर्ने निर्णयले गरीब, विपन्न परिवारले लाभ लिने पालिका उपाध्यक्ष तारा थापा ढेंगाको विश्वास छ । यसले घरमै असुरक्षित तरिकाले गरिने प्रसूतिलाई निरुत्साहित गरी स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन गर्ने बताइन् ।

त्यस्तै, पालिकाको पहिलो बैठकले मनसुनसँगै आउने विपद्बाट बच्न पूर्वतयारी गर्ने निर्णय गरेको छ । त्यसका लागि त्रिपाल, जस्तापाता, पाइप खरिद गर्ने गर्ने निर्णय गरेको छ । 

वर्षायाममा पहिरो पन्छाउन, सडक मर्मत संभार गर्न प्रत्येक वडामा तीनजनाको दरले कामदार खटाउने निर्णय भएको हो ।

त्यसैगरी, अध्ययन अवलोकन भ्रमणको आठ लाख असहाय, अशक्त, आर्थिक रूपमा विपन्नको उपचार शीर्षकमा रकमान्तर गरेको छ ।