close

'परिचय पाटी' शुल्क बुझाउन काठमाडौं महानगरको अल्टिमेटम

'परिचय पाटी' शुल्क बुझाउन काठमाडौं महानगरको अल्टिमेटम

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई परिचय पाटी शुल्क बुझाउन ३० दिने अल्टिमेटम दिएको छ ।

महानगरले आज सूचना जारी गर्दै केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएकाले ३० दिनभित्र बुझाउन समय तोकेको हो ।

सूचनामा भनिएको छ- ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय  खुल्ने  नाम  भएको)  राखे  बापत  महानगरपालिकालाई  बुझाउन  पर्ने  परिचय  पाटी  शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी  महानगरपालिकाले  तत्काल  हटाउने महानगरले भनेको छ । बालेन