close

पालिका अध्यक्ष र उपाध्यक्षसहित १९ स्थानीय तहका १९ पद रिक्त (तालिकासहित)

सबैभन्दा धेरै घाटा नेपाली कांग्रेसलाई, उपनिर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्दै

पालिका अध्यक्ष र उपाध्यक्षसहित १९ स्थानीय तहका १९ पद रिक्त (तालिकासहित)

सबैभन्दा धेरै घाटा नेपाली कांग्रेसलाई, उपनिर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं- देशभर विभिन्न स्थानीय तहमा १९ जनप्रतिनिधि रिक्त  छन् । एक पालिका अध्यक्ष र एक उपाध्यक्षसहित  १९ जनप्रतिनिधि रिक्त भएका हुन् ।

अधिकांश स्थानीय तहमा जनप्रतिनिधिकाे मृत्यु र केही स्थानमा राजीनामाका कारण रिक्त भएको निर्वाचन आयोगले पालिकाखबरलाई जनाएकाे छ ।

सदस्यसमेत गरी धेरै पद रिक्त भए पनि साे जनप्रतिनिधिका लागि उपनिर्वाचन गर्नुपर्ने व्यवस्था नभएकाे आयाेगले जनाएकाे छ । 

देशभरका स्थानीय तहमा पद रिक्त हुँदा सबैभन्दा धेरै नेपाली कांग्रेसलाई घाटा भएको आयोगको तथ्यांकले देखाउछ । आयोगको तथ्यांकअनुसार १२ स्थानमा कांग्रेसका निर्वाचित भएका थिए ।

दैलेखको महाबु गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका  लक्षुमन गुरुङ निर्वाचित भएका थिए । निर्वाचित भएकाे १० महिना नपुग्दै  माघ २७ गते उनकाे निधन भयाे । हाल  महाबु गाउँपालिका नेतृत्वविहीन छ । 

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट निर्वाचित श्यामसुन्दर तामाङको गत असार ३१ गते निधन भयाे ।

डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशी, गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरे रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुन, ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामा, रौतहटको राजपुर नगरपालिका–६ का वडाध्यक्ष शेख मोजरे आलम र उदयपुरको त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष  चुडाराज काफ्लेको निधन भएको हो । यि सबै कांग्रेसबाटै निर्वाचित थिए । 

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ । वडाध्यक्षमा निर्वाचित कांग्रेसका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति सभापति भएपछि वडाध्यक्षको पद खाली छ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते निधन भएको छ । उनी पनि नेपाली कांग्रेसबाटै निर्वाचित थिए ।

यता एमाले र माओवादीबाट निर्वाचित ४/४ जना जनप्रतिनिधि रिक्त छन् । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर राना, बझाङको सुर्मा गाउँपालिका– ४ का वडाध्यक्ष सर्जन बोहरा र  सुनसरीको गढी गाउँपालिका–६ का वडाध्यक्ष  सदानन्द उराँव एमालेबाट निर्वाचित भएका थिए । 

माओवादी केन्द्रबाट जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्ती, दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्ट र कालिकोटको तिलगुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाहीको निधन भएको छ । साथै, मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समितिको सभापति बनेपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

निर्वाचन आयोगले यी स्थानीय तहमा उपनिर्वाचनका लागि सरकासँग परामर्श थालेको आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले पालिका खबरलाई बताए । सूचना अधिकरी अर्यालका अनुसार सरकारले दिएको मितिमा आयोग उपनिर्वाचन गर्न तयार छ । 

उपनिर्वाचन हुनुपर्ने स्थानीय तहहरू :-

-दैलेखको महाबु गाउँपालिका अध्यक्ष 

-गौरीशंकर गाउँपालिका उपाध्यक्ष 

-गढी गाउँपालिका–६ का वडाध्यक्ष 

-त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष 

-इशानाथ नगरपालिका–७ का वडाध्यक्ष 

-राजपुर नगरपालिका–६ का वडाध्यक्ष 

-कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष 

-ककनी गाउँपालिका–२ का वडाध्यक्ष 

-हेटौंडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष 

-गोरखा नगरपालिका–५ का वडाध्यक्ष 

-मुसिकोट गाउँपालिका–१ का वडाध्यक्ष 

-घिमिरे रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष 

-ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष 

-तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष 

-कुशे गाउँपालिका–७ का वडाध्यक्ष 

-दुहुँ गाउँपालिका– ५ का वडाध्यक्ष 

-सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष 

-पूर्वाचौकी गाउँपालिका–६ का वडाध्यक्ष 

-काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष