close

विपन्न, सुत्केरी र वृद्धवृद्धालाई निःशुल्क एम्बुलेन्स

विपन्न, सुत्केरी र वृद्धवृद्धालाई निःशुल्क एम्बुलेन्स

Trulli
ADVERTISEMENT

झापा- हल्दिबारी गाउँपालिकाले अति विपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको छ । गाउँपालिकाले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो ।

ज्येष्ठ नागरिक र विपन्न परिवारका बिरामीलाई जिल्लाभित्र र बाहिरका अस्पतालसम्म एम्बुलेन्सले पुर्‍याउने पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले पालिकाखबरलाई बताए । ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका अस्पतालमा लैजानुपरेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानुपरेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ ।

पालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उनले बताउनुभयो । एम्बुलेन्स भारतीय राजदूतावासले गाउँपालिकालाई उपहारस्वरूप प्रदान गरेको हो ।