close

थाक्रे गाउँपालिकाको प्रशासनिक सेवा आफ्नै भवनबाट

थाक्रे गाउँपालिकाको प्रशासनिक सेवा आफ्नै भवनबाट

Trulli
ADVERTISEMENT

धादिङ- छठ विदापछि थाक्रे गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

स्थानीय तहको घोषणा भएदेखि भाडाको घरबाट सञ्चालन हुँदै आइरहेको गाउँपालिकाको कार्यालय अब औपचारिक रुपमा आफ्नै भवनबाट सञ्चालन हुन लागेको हो । महादेबबेसी वजारबाट ३०० मिटर दक्षिणतर्फ बनेको सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह हुने भएको गाउँपालिकाले जनाएको छ । 

यसअघि आफ्नै भवन नहुँदा व्यक्तिको घर भाडामा लिएर विभिन्न सेवाहरु अलग अगल ठाउँबाट प्रवाह गर्दै आएको थियो तर अब एउटै भवनभित्र प्रवेश गरेपछि गाउँपालिकाबाट पाउने सबै सेवा पाइने पालिका अध्यक्ष रामकुमार आचार्यले बताए । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण भई सेवा प्रवाह गर्ने भएपछि स्थानीयहरू खुशी भएका छन् ।