close

ललितपुर महानगरमा २ वटा दमकल थप

ललितपुर महानगरमा २ वटा दमकल थप

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाले २ वटा अत्याधुनिक दमकल थप गरेको छ । 

ललितपुर महानगरले १०० मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोरा फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

जापानिज कम्पनी इसुजुको दमकल ५ करोड ६५ लाख लागतमा भित्र्याएको महानगरले जानकारी दिएको छ । महानगरपालिकाले पहिलोपटक फर्मसहित दमकल भित्र्याएको महानगरपालिकाले जनाएको छ । 

योसँगै ललितपुरमा ५ वटा दमकल पुगेको छ । २ हजार ५०० लिटर पानी ट्यांकर र ३०० बढी लिटर फर्मको स्टोर क्षमता दमकलमा रहेको छ । दमकल बुधबार ललितपुर महानगरपालिकाले औपचारिक रुपमा कार्यक्रम गरेर सञ्चालनमा ल्याएको छ ।