close

पुनर्वास नगरपालिकाको सेवा अब आफ्नै अत्याधुनिक भवनबाट

पुनर्वास नगरपालिकाको सेवा अब आफ्नै अत्याधुनिक भवनबाट

Trulli
ADVERTISEMENT

कञ्चनपुर- पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेका छन् । 

त्यस अवसरमा मन्त्री साउदले जनताका चाहनालाई सर्वोपरी मानेर कार्य अगाडि बढाउनु जनप्रतिनिधिको दायित्व भएको बताए । सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्कतालाई परिपूर्ति गर्नु स्थानीय तहको पहिलो कार्य हुने उनले बताए । 

मन्त्री साउदले तीनवटै तहका सरकारले समन्वय गरेर काम अगाडि बढाए विकासका कामलाई टुङ्गोमा पुर्याउन सकिने बताए । दोदा नदीमा तटबन्ध, हुलाकी राजमार्ग निर्माणलाई अगाडि बढाउन पहल गरिने प्रतिबद्धता उनले व्यक्त गरे । 

नगरप्रमुख तोयराज शर्माका अनुसार एक करोड ६२ लाख ८३ हजारको लागतमा भवन निर्माण गरिएको छ ।